२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नेपाली साहित्य समाज क्यालगरीद्वारा दुई कृति लोकार्पण

नेपाली साहित्य समाज क्यालगरी, क्यानाडाद्वारा दुई कृति ‘नेपालदेखि क्यानाडासम्म’ सामूहिक लघुकथासंग्रह र केशवमोहन अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ सार्वजनिक गरिएको छ।

नेपाली कम्युनिटी सोसाइटी अफ क्याल्गरीका अध्यक्ष श्रीकान्त अर्याल, पूर्व अध्यक्ष समिर पाण्डे, नेपाली साहित्य  समाजका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाई, बोर्ड अफ डाइरेक्टर्स माधव दुलाल र राजेन्द्र गौतमले पुस्तकको लोकार्पण गरेका थिए।

केही समयअघि विश्वव्यापी रूपमा आयोजना गरिएको नेपाली लघुकथा प्रतियोगितामा उपलब्ध लघुकथाहरू समेटेर सामूहिक लघुकथासंग्रह ‘नेपालदेखि क्यानाडासम्म’ प्रकाशित गरिएको हो।

कथाकार केशवमोहन अधिकारीले कृति प्रकाशनमा लघुकथा कुनो, लघुकथा पाठशाला, लघुकथा सौन्दर्य जस्ता  संस्थाको लघुकथाको विधागत उन्नयनमा उल्लेखनीय योगदान रहेको बताए।

संस्थाका अध्यक्ष अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’  पनि नेपाली साहित्य समाज क्यालगरीले प्रकाशित गरेको हो।

नेपालदेखि क्यानाडासम्म’ का सम्पादन संयोजकको रूपमा रुद्र दाहालले काम गरेका थिए। त्यस्तै दिपक ढकाल, रमेश लामिछाने, राजेन्द्र गौतम, माधव दुलाल, घनेन्द्र न्यौपाने, युवराज पौडेल, कपिल दुलाल र लक्ष्मी लम्साल खनालको  सहयोगी भूमिका रहेको थियो।

सार्वजनिक कार्यक्रममा सम्पादन संयोजक रुद्र दाहालले संग्रह तयारीका विभिन्न चरणका व्याख्या गरेका थिए।

नेपालदेखि क्यानाडासम्म’ संग्रहमा समावेश लघुकथाहरूमा लघुकथाकार हिरा लामा प्रथम, लता केसी द्वितीय र हेमलता उप्रेती तेस्रो भएका थिए।

कार्यक्रममा सहभागीहरूले प्रवासमा रहँदा पनि समय निकाली नेपाली भाषा र साहित्यको सेवामा लाग्ने सकेकोमा खुशी प्रकट गरेका थिए।

नेपाली साहित्य समाज क्यालगरीका अध्यक्ष केशवमोहन अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रम भिमलाल अर्यालले सञ्चालन गरेका थिए।  

प्रकाशित: ४ फाल्गुन २०७९ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App