५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला

कान्छी,तिमीलाई म रानी बनाउँछु

गजल

कान्छी,तिमीलाई म रानी बनाउँछु,

उमेर जति ढल्कियोस् जवानी बनाउँछु!

पत्थर पनि पग्लिन्छ रे निश्छल मायाले,

हेर्दै जाऊ,माया गरिरहने बानी बनाउँछु!

देऊ मार्न डुबुल्की, मात्र तिम्रो मायामा,

मुनामदनभन्दा राम्रो कहानी बनाउँछु!

हुन दिने छैन तिमीलाई अभाव मायाको,

बरु दिलभित्रै मायाको खानी बनाउँछु।

तिम्रो दिलभित्र घरजम गर्न दिन्छौ भने यदि,

आजै काटौंला टिकट, बरु राहदानी बनाउँछु।

दिएर मात्र हेर न, तिम्रो साथ मलाई,

रहरलाग्दो यस्तो एउटा जिन्दगानी बनाउँछु!

प्रकाशित: २६ माघ २०७९ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App