२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

विकल त्यागीको आमआलाप सार्वजनिक

कवि एवं गीतकार विकल त्यागीको गीतसंग्रह आमआलापको एक समारोह बिच विमोचन भएको छ।

नेपाल वाङमय परिषदका वसन्त मुकारुङ, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक एवं गीतकार प्राडा कृष्णहरि बराल, गीतकार टीका चाम्लिङ लगायतले कृतिको विमोचन गरेका  थिए।

नेपाल वाङमय परिषदका वसन्त मुकारुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले विकल त्यागीका गीतले राष्ट्रियताका पक्षमा र सामाजिक विसंगतिका विरुद्धमा सशक्त रूपमा आवाज उठाइएको बताए।

त्यसैगरी गीतकार टीका चाम्लिङले आमआलापमा मर्मस्पर्शी  गीतहरू सङगृहीत भएको बताए।

कार्यक्रममा कथाकार ध्रुव मधिक्रमी, कवि एवं साहित्यिक पत्रकार होमशंकर बास्तोला, कृतिकार विकल त्यागी लगायतले बोलेका थिए।

प्रकाशित: २४ पुस २०७९ ०६:५३ आइतबार

अक्षर