६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सन्दिप स्याम्चेन तामाङ र सन्जु लामाको ‘ल्होछार खजी’ को म्युजिक भिडियो सार्वजनिक

गायक सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको म्हेन्दोमाया गीत ल्होछार खजी को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्जु लामा अफिसियल युट्युब च्यानलले भिडियोलाई शुक्रबार बजारमा ल्याएको हो।

गीतमा सन्दिप स्याम्चेन तामाङ र नवगायिका सन्जु लामाको स्वर रहेको छ। शब्द उनै गायक स्यान्चेनको रहेको छ भने लय र संगीत संयोजन राजु खड्काले गरेका हुन्। स्याम्चेन म्हेन्दोमाया कलाकार संघ धादिङका संस्थापक अध्यक्षसमेत हुन्।

निर्देशक तथा कोरियोग्राफर एम। बि।गुरुङ, सन्जु लामा,माया थोकर र धादिङ प्रताप सिंह तामाङ अभिनित भिडियोलाई  सुराज गोम्जाले छायांकन गरेका हुन्। यस्तै भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन्।

गीतमा तामाङ समुदायका कला,संस्कृति,भाषा लगायत तामाङ रीतिरिवाजलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिइएको छ। सोनाम ल्होछार नजिकिएसँगै तामाङ कलाकारहरुले ल्होछार सम्बन्धि म्युजिक भिडियोहरु बजार ल्याएका छन्।

प्रकाशित: १६ पुस २०७९ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App