रावणका बाजे अनाम प्रजापति पुलस्त्य ब्रह्माका दश पुत्रमध्ये एक हुन्। यसप्रकार हेर्ने हो भने रावण ब्रह्माका नाति भए। रावणले आफ्ना बुबा र बाजेका संस्कारमा नबसी धर्मलाई साथ नदिएर अधर्मलाई साथ दिएका थिए।
हिन्दु ज्योतिष शास्त्रमा रावण संहितालाई एक अत्यन्तै महत्त्वपूर्ण पुस्तकका रूपमा लिइन्छ तर आश्चर्यजनक कुरा के छ भने खुद रावणले नै उक्त पुस्तकको रचना गरेका थिए।
रामायणमा एक स्थानमा यो पनि बताइएको छ कि रावणले भगवान् रामका लागि यज्ञ गरेका थिए। त्यो यज्ञ गर्न रावणका लगि धेरै जरुरी थियो किनभने लंकासम्म पुग्नका लागि जब रामका सेनाले पुल बनाउन सुरु गरेका थिए तब शिवजीको आशीर्वाद पाउनुभन्दा पहिला उसलाई रामको आराधना गर्नुपरेको थियो।
रावण तीनै लोकका स्वामी थिए र उसले केवल इन्द्रलोकलाई मात्र होइन, भूलोकका पनि ठुलै हिस्सालाई आफ्ना असुरहरूको तागत बढाउनका लागि कब्जा गरेका थिए।
रावण आफ्नो समयका सबैभन्दा ठुला विद्वान् मानिन्थे र रामायणमा बताइएको छ कि जब रावण मृत्यु शैड्ढयामा थिए तब रामले आफ्ना भाइ लक्षणलाई ऊसँगै बस्न अह्राएका थिए। रावण मर्नुभन्दा अगावै लक्षणले रावणसँग राजपाट चलाउने र नियन्त्रण गर्ने ज्ञान सिक्न सकोस्।
रावणका केही चित्र तस्बिरमा वीणा बजाएको पनि देखिन्छ। एक पौराणिक कथाका अनुसार रावणलाई संगीतको धेरै सोख थियो र वीणा बजाउनमा धेरै कुशल थिए। यस्तो पनि भनिन्छ कि रावणले वीणामा यति धेरै मधुरो धुन निकाली बजाउँथे कि देवताहरू पनि उसको संगीत सुन्नकै लागि धरतीमा आउँथे।
रावण यति शक्तिशाली थिए कि उनले नवग्रहलाई आफ्नै अधिकारमा अर्थात् आफ्नै अधीनमा राखेका थिए। कथामा बताइए अनुसार रावणका छोरा जब मेघनाथको जन्म भएको थियो तब रावणले ग्रहहरूलाई ११ औं स्थानमा बस्न अर्हाए। ताकि मेघनाथलाई अमरत्व मिल्न सकोस् तर शनिदेवले यसो गर्न मानेनन् र १२ औं अवस्थामा बसिदिए। रावण शनिसँग यति क्रुद्ध भए कि शनिमाथि आक्रमण नै गरे र केही समयका लागि शनिलाई बन्दी बनाइदिए।
रावणलाई थाहा थियो कि विष्णु भगवान्को हातबाट मर्न पाए उसलाई मोक्ष प्राप्त हुने छ र उसको असुर रूपको पनि विनाश हुने छ। रावणको दश शीरको प्रसङ्ग पनि अनौठो छ। जब रावणले शिवजीलाई प्रसन्न पार्न घोर तपस्या गरिरहेका थिए तब रावणले आफ्नै शिरलाई काटेर शरीरबाट अलग पारेका थिए। रावणको यसप्रकारको भक्ति देखेर शिवजी प्रसन्न भई रावणको टुक्राटुक्रा भई झरेको शिरका टुक्राहरूबाट एउटा शिर बनाइदिए, जसबाट दश वटा शिर बन्यो।
शिवजीले नै रावण नाम दिएका थिए। शास्त्रमा बताइएको कथानुसार रावणले शिवजीलाई कैलाशबाट श्रीलंकामा लैजान चाहन्थे तर शिवजी राजी थिएनन्। रावणले शिवजी बसी ध्यान गरिरहेको पर्वतलाई नै उठाउने प्रयास गरे। यसैबीच शिवजीले आफ्नो एक खुट्टा कैलाश पर्वतमा राखे, जसले गर्दा रावणको हात पर्वतको फेदमा च्यापियो। दुखाइले गर्दा रावण जोडले चिच्यायो तर शिवजीको ताकतलाई देखेर उनले शिव ताण्डव नृत्य गरे। शिवजीलाई धेरै अनौठो लाग्यो कि यस्तो दुखाइ हुँदा पनि उसले शिव ताण्डव गरेकाले उनको नाम रावण राखी दिएका हुन्। जसको अर्थ हुन्छ-ठूलो आवाजले गर्जना गर्ने।
जब रावण रामसँगको युद्धमा हार्दै थिए र आफ्नो तफबाट अन्तिम शेष बचेको प्राणी जब उही एक जना मात्र बचेको थियो तब रावणले यज्ञ गर्ने निश्चय गरे। जसबाट तुफान आउन सक्थ्यो। यज्ञका लागि उनले पूरा यज्ञको दौरान एकै स्थानमा बसिरहनु जरुरी थियो। जब रामलाई यसका बारेमा ज्ञात भयो तब रामले बाली पुत्र अंगदलाई रावणको यज्ञमा बाधा पुर्याउनका लागि पठाए। कैयौं प्रयासबाट पनि अंगदले यज्ञमा बाधा पार्न सफल भएन। तब अंगदले यो विश्वासका साथ रावणकी पत्नी मन्दोदरीलाई घिच्याउन थाले ताकि रावण यो देखेर आफ्नो स्थान छोड्ने छन्। तर रावणले हलचल नै गरेनन्।
मन्दोदरी रावणका अगाडि चिच्याइन् र उसको तिरस्कार गरिन् र रामको उदाहरण दिँदै भनिन् कि ‘एक जना राम छन् जसले आफ्नी पत्नीका लागि युद्ध गरे। दोस्रोतर्फ तपाईं हुनुहुन्छ जो आफ्नी पत्नीलाई बचाउन आफ्नो स्थानबाट चल्न सक्नुहुन्न।’
मन्दोदरीको यसप्रकारको कुरा सुनेर अन्तमा रावणले उक्त यज्ञ पूरा नगरीकन त्यहाँबाट उठेर आएका थिए।
रावण र कुम्भकर्ण वास्तवमा विष्णु भगवान्का द्वारपाल जय र विजय थिए। तिनीहरूलाई एक जना ऋषिको श्रापका कारण राक्षस कुलमा जन्म लिनुपरेको थियो र आफ्नो आराध्यसँग उनीहरूले लड्नुपरेको थियो।
रामले रावणसँगको बातचितमा रावणलाई महाब्राह्मण भनेर सम्बोधन गरेका थिए किनभने रावण ६४ कलामा निपूर्ण थिए। यसले गर्दा रावण असुरमध्ये सबैभन्दा बुद्धिमान् भएका थिए।
यस्तो भनिन्छ कि रावण महिलाहरूसँग छिटै आशक्त हुन्थे। आफ्नो यही कमजोरीका कारण उनले नालाकुराकी पत्नीलाई आफ्नो वशमा राख्ने कोसिस गरे। ती महिलाले रावणलाई श्राप दिइन्। रावणले आफ्नो जीवनमा कुनै पनि स्त्रीलाई उसको इच्छाबिना स्पर्श गर्न नसकोस्, नत्र उसको विनाश हुने छ भन्ने श्राप रावणले पाएका थिए। यही कारणले रावणले सीतालाई छुन सकेका थिएनन्।
रावणलाई दश शिरका कारण दशग्रीव भनिन्छ। जसले उनको अद्भूत बुद्धिमत्तालाई दर्शाउँछ। रावण आफ्नो समयमा विज्ञानका धेरै ठूला विद्धान् थिए। जसको उदाहरणस्वरूप रावणसँग पुष्पक विमान थियो। भारतको क्लासिकल बाजा रुद्र वीणाको खोज रावणले नै गरेका थिए। रावण शिवजीका धेरै ठूला भक्त थिए र दिनरात आराधना गरिरहन्थे। रावणका धेरै नाम थिए। जसमा दशाननु सबैभन्दा लोकप्रिय नाम थियो। भारत र श्रीलंकामा यस्ता कैयौं स्थान छन् जहाँ रावणको पूजा गरिन्छ।
लाल किताबका असली लेखक रावण नै थिए। यस्तो पनि भनिन्छ कि रावणको आफ्नो अहंकारकै कारण आफ्नो शक्ति गुमाउनुपरेको थियो र उनले लाल किताबको प्रभाव पनि गुमाउनुपरेको थियो। जुन पछि अरबमा पाइयो। जसलाई उर्दु र पारसी भाषामा अनुवाद गरिएको थियो।
रावण एकपटक बालीसँग पराजित भैसकेका थिए। बालीलाई सूर्यको आर्शीवाद प्राप्त थियो भने रावण शिवजीबाट प्राप्त वरदान स्वरूप अहंकारले बालीलाई चुनौती दिएका थिए। बालीले सुरुमा ध्यान दिएनन् तर रावणले जब उसलाई पटक पटक हैरान पार्न थाले, दुःख दिन थाले तब बालीले रावणको शिरलाई आफ्नो भुजामा दबाएर उड्न लाग्यो। उसले रावणलाई ६ महिनापछि मात्र छोडी दियो ताकि रावणले यसबाट पाठ सिक्न सकून्।
लंकाको निर्माण विश्वकर्माले गरेका थिए। उक्त लंकामा रावणका सौतेनी भाई कुबेर विराजमान थिए। जब रावण तपस्ताबाट फर्की आए तब कुबेरसँग पूरै लंका खोसेर लिएका थिए। यस्तो भनिन्छ कि रावणको राजमा गरिबभन्दा गरिबको घर पनि उसले सुनको बनाइदिएका थिए। जसले गर्दा उसको लंका नगरमा खुब ख्याति थियो। दक्षिण भारत र दक्षिण पूर्वी एसियाका कैयौं स्थानमा रावणको पूजा गरिन्छ र अनेकौं संख्यामा उनका भक्त छन्। कानपुरको कैलाश मन्दिर वर्षको एकपटक दसहराको दिन खुल्छ, जहाँ रावणको पूजा गरिन्छ। यसका साथै आन्ध्र प्रदेश र राजस्थानका केही स्थानमा रावणको पूजा गरिन्छ।
प्रकाशित: २ पुस २०७९ ००:५२ शनिबार