दलका उम्मेदवारमाथि बागी हाबी

पार्टी निर्णयविरुद्ध बागी बनेर चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्, प्रमुख प्रतिपक्षी एमाले, सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेताकार्यकर्ता पनि छन्। जनमत एकातिर पार्टी निर्णय अर्कोतिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई सोच्न बाध्य पारेको हुनुपर्छ।