४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जो दाेहोर्‍याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भए

दाेहोर्‍याएर गाउँपालिका अध्यक्ष निर्वाचित केदारनाथ यादव। उनीसँगै गाउँपालिकाको उपाध्यक्ष निर्वाचिन निलम यादव।

सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्ष उम्मेदवार शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्।

केदारले ३ हजार ४ सय ७ मत ल्याएर निर्वाचित भएका छन्। कांग्रेसका साहले ३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव ३ हजार ४ सय ६२ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका प्रमिला यादवले ३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अनन्त पौड्यालले जानकारी दिए।

२०७४ को स्थानीय तह निर्वाचनमा केदार नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए। त्योबेला यादवले ३१५५ मत ल्याएर निकतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामनारायण यादवलाई ८८८ मतअन्तरले पराजित गरेका थिए। रामनारायणले २२६७ मत ल्याएका थिए। ५ वडा रहेको यस पलिकामा कांग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ।

वडा नम्बर १ र २ मा क्रमशः कांग्रेसका संजय कुमार यदव र तनुकलाल यादव निर्वाचित भएका छन्। वडा नम्बर ३ र ५ मा नेकपा एसका क्रमशः भोगेन्द्र यादव र विश्वेसर प्रसाद यादव निर्वाचित भएका छन्। वडा नम्बर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेश कुमार यादव विजयी भएका छन्।

पुनः अध्यक्ष निर्वाचित केदार भन्छन्, ‘चुनाव जित्दै गर्दा नजतासँग गरेका प्रतिबद्धता इमन्दारीसाथ पूरा गरेकोले पुनः निर्वाचित भए। यसपालिको कार्यकाल पूराना अधुरा प्रतिबद्धता र नयाँ प्रतिबद्धता पूरा गर्नमा खर्च गर्नेछु, उनले भने।’

प्रकाशित: ५ जेष्ठ २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App