१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

विरगञ्ज मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज ढुक्कले अघि बढ्दै

विरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम ढुक्कले अगाडि बढ्दै छन्।

मेयरका उम्मेदवार सिंह आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा निकै अगाडी छन्। उनले मंगलबारको तुलनामा बुधबार अझ धेरै मतले अग्रता लिइरहेका छन्।

बुधबार बिहान १० बजेसम्म उनले १० हजार ९ सय ९४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। मतगणना सुरु भएको दिनदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन्।  

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले ५ हजार १ सय ११ मत प्राप्त गरेका छन्।  

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ४ सय ४४ मत मात्र प्राप्त गरेका छन्। गिरी खातामा निकै कम संख्यामा मत थपिएको देखिन्छ।  

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम आफ्ना निकटतम प्रतिद्धन्दी भन्दा निकै माथि छन्। आलमले अहिलेसम्म ७ हजार ६ सय २६ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी लोसपा नेपालका पुरुषोत्तम लाल झाले मात्र १ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। मतगणना सुरु भएदेखिनै आलमले अग्रता लिदै आएका हुन्।  

यसैगरी तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको मत ८ सय ८४ छ भने चौथौ स्थानमा रहेकी बिना जैसवालको मत ६ सय ९० छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App