५ आश्विन २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

इलाम चुलाचुलीको अध्यक्षमा विजयी राजेन्द्र केरुङ र उपाध्यक्षमा विजयी दिलकुमारी लिम्बू

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए। खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन्। गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बू विजयी भएकी छिन्। उनले ४ हजार ४ सय ५० मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शुक्रराज लावतीले ३ हजार ४ सय ४२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सीताकुमारी लावतीले १ हजार ७६ मत ल्याएका छन्।

चुलाचुली वडा १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी भएको छ। वडाध्यक्षमा पूर्ण लावती विजयी भए। वडा २ को वडाध्यक्षमा काँग्रेसका लक्ष्मण श्रेष्ठ र १ सदस्य तथा ३ सदस्यमा एमाले विजयी भएका छन्। वडा ३ को वडाध्यक्षमा प्रेम श्रेष्ठसहित काँग्रेसको प्यानल नै विजयी भएको छ।

वडा ४ मा वडाध्यक्ष सागर जबेगूको नेतृत्वमा काँग्रेसको प्यानलै विजयी भयो। वडा ५ मा काँग्रेसका २२ वर्षे बबिन राई वडाध्यक्षमा विजयी बने। यो वडाको महिला सदस्यमा एमाले विजयी भएको छ। वडा ६ को वडाध्यक्षमा काँग्रेसका दिलकुमार राईसहित २ सदस्य विजयी भएका छन् भने एमालेले २ सदस्य जितेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App