२१ असार २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जनकपुरमा दल भन्दा स्वतन्त्र भारी

जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार अगाडि भएका छन्।

पाँच दलीय गठबन्धनको निर्णय अनुसार (जसपा) का निवर्तमान मेयर लाल किशोरलाई उम्मेदवार बनाएपछि कांग्रेसबाट अलग भइ मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह भन्दा गठबन्धनका साझासहित अन्य दलका उम्मेदवार धेरै पछाडि परेका छन्।

निर्वाचन अधिकृत कार्यलयले सर्वजानिक गरेको पछिल्लो मत परिणाम अनुसार मनोज साहको चुनाव चिन्ह (घण्टा घर) २ हजार ६३६ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका उम्मेदवार शिवशंकर साह हिराले १ हजार ४९ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै जसपाको तर्फबाट गठबन्धनका साझा उम्मेदवार लाल किशोर साहले २ सय ४५ मत ल्याएका छन्। (लोसपा) बाट मनोज चौधरीले ३ सय ११ मत पाइएका छन्। स्वतन्त्र उम्मेदवारी दिइ चुनाव चिन्ह आँप पाएका बलराम महतोले ६६२ मत प्राप्त गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ११:०१ सोमबार

जनकपुरधाम उपमहानगरपालिका