रोजगारीका लागि क्यानडा जान इच्छुक भूकम्प पीडितले सम्पर्क गर्न नेपालका दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरी ठग्ने कार्यमा संलग्न भारतको सिर्सा हरियाना घरभई हाल काठमाडौंको ओमबहालमा बस्दै आएका अग्रवाललाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले मंगलबार न्यूरोडबाट पक्राउ गरेको जानकारी दिएको छ।
अभियुक्त अग्रवालको ठगी गिरोहबाट आफूहरु ठगिएको भन्दै बाबु लामासहित ११ जना पीडितले दिएको उजुरीका आधारमा अभियुक्त अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तका सम्बन्धमा अनुसन्धान अघि बढाइएको र उक्त ठगी कार्यमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित: २६ श्रावण २०७२ ०६:३९ मंगलबार



