कला/साहित्य

'माग्ने राजा'को पहिलाे गीत 'त्यो मिठो जोवन' सार्वजनिक

चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ मा दीपक शर्माको शब्द तथा संगीत र रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार र वर्षा फिचर्ड छन्। यमप्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन्।

नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन्। गीतको अडियो र भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ।

यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन्। निर्देशक लामिछानेले ‘माग्ने राजा’ ले अहिले अवस्थामा आफैंलाई राजाको रूपमा प्रस्तुत गर्ने युवा पुस्ताको कथा देखाउने बताए। यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन्। उनी दाङको घोराही उपमहानगरपालिका-४ का वडाध्यक्ष हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर बाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ।

यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि भूमिका छ। आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।

प्रकाशित: २५ असार २०८२ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App