कला/साहित्य

‘सिटामोल’ निर्माता अभिनित म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक

आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भुगोलकुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘दुरी मलाई हुनु छैन’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन्।

वरिष्ठ गीतकार हरिभक्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ। भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन्। गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८२ १२:२० सोमबार

# Pustak Lokarpan # Pustak Samiksha # Kala yatra # Nagarik