१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

माटोका भाँडालाई ४८ वर्ष...

काठमाडौं- माटाका भाँडाप्रति मानिसहरुको आकर्षण अहिले पनि उत्तिकै छ। तर उस्तै देखिने हलुका तथा सस्तो मूल्यका कारण प्लास्टिकका भाँडाका कारण माटाका भाँडाको अस्तित्वमा संकट पनि उत्तिकै देखिन्छ। भक्तपुरको ठिमी शहर, यस्तो शहर हो, जहाँ प्रजापती समुदायले प्राचिनकालदेखि नै माटाका भाँडाकुडा बनाउने गर्दथे।

प्राचिनकालमा शुरु भएको यो परम्परालाई धेरैले विर्सिपनि सकेका छन्। तर केही प्रजापतीहरुले भने यो परम्परालाई सुचारु गरेका छन्। प्रजापतीहरु मध्ये ६० वर्षिय कृष्ण कुमार प्रजापतीले यो परम्परालाई आजसम्म जीवित राखेका छन्। उनले आफु १२ वर्षको हुदाँ बुबाबाट माटाका भाडा बनाउन सिकेका थिए। अझै पनि उनले भाँडा बनाउँदा बुवाको हातहरु सम्झन्छन्। जसले थुरै माटोबाट ठूला भाँडाहरु बनाउन सिकाएका थिए। बिस्तारै उनी हुर्कदै गए र ती माटोबाट विभिन्न भाँडा र सजावटका सामानहरु बनाउन थाले। प्रजापती अहिले ६० वर्ष भए तर उनका कुनै छोरा पनि यो व्यवसायमा छैनन्। 

प्रजापती भन्छन् ', अहिलेको पुस्ता शिक्षित छ। कार्यालयमा काम गर्न र विदेशमा बसोवास गर्न चाहन्छ।' सानैदेखि यही पेसा अंगालेका उनीसँग अरु कामको विकल्प छैन। उनको समयमा माटाका भाँडाबाट वस्तु विनिमय गर्ने चलन पनि उत्तिकै थियो। उनीहरुले बनाएका माटाका भाडाहरु अन्नसँग साट्ने गर्दथे। माटोसँग खेलेर बाल्यकाल विताएका प्रजापती अहिले पनि यो पेशालाई उत्तिनै माया गर्छन्।

तीव्र गतीमा बढ्दै गएको शहरीकरणले माटोमा नकारात्मक असर पुगेको छ। भाँडा बनाउन योग्य माटो पाउन निकै कठिन छ। भाँडा बनाउनका लागि कालो र सेतो दुवै किसिमको माटो आवश्यक हुन्छ। विगतका समयमा दुई फिट मात्र जमिन खन्दा पनि यस्तो माटो सिजिलै भेटिन्थ्यो। तर समय धेरै नै परिवर्तन भइसकेको छ।  अहिले भाँडा बनाउने कुमालहरुले शहरबाट माटो किन्नु पर्छ। राम्रो आम्दानी हुन नसक्दा विस्तारै यो पेशा हराउँदै गएको छ। प्रजापतीका अनुसार, माटाका गाग्री, दही राख्ने ठेकी, खुत्रुकेको माग एकदमै कम छ। विक्री पनि कमै हुन्छ। तर केही फुलका नर्सरीहरुले गमलाको माग गर्छन्। 

स्वास्थ्यलाई फाइदाजनक हुने यस्ता माटाका भाँडाहरु पहिले हरेक घरमा देखिन्थे। तर अहिले फलाम, तामा र पोलिथिनका भाडाले माटाका भाडालाई विस्थापित गरका छन्।  प्राचिनकालदेखि चलिआएको यो परम्परा सहज रुपमा माटो नपाउँदा संकटमा पर्न सक्ने भन्दै ६० वर्षीय प्रजापती निरास छन्।

नयाँ पुस्ता यो परम्परागत व्यवसायमा आउन रुची गरेको देखिँदैन। न त आजभोली घरमा माटोको घैंटोमा पानी देखिन्छ न त नयाँ पुस्ता नै घैँटो बनाउने पेशामा आकर्षित भइरहेका छन्। तर पनि कृष्ण प्रजापती जस्तै मान्छेहरुले भने यो परम्परालाई जीवितै राखेका छन्।

 

 

 

 

प्रकाशित: २७ असार २०७६ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App