पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।
आइतबारबाट सुरु भएको दुई दिने नेपाल लगानी सम्मेलन–२०२४ को पहिलो सत्र सुरु भएको छ। उक्त सम्मेलन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सोल्टी होटेलमा उद्घाटन गरेका थिए।