५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
भिडियो

रेडियो नेपालसँग खुमलटारबासी रुष्ट (भिडियो रिपोर्ट)

ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको जग्गा भाडामा दिएपछि स्थानीयले खुलै छाड्न माग गरेका छन्।

काठमाडौं– रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारी र व्यापारिक मिलोमतोमा उक्त जग्गा हड्पने काम भइरहेको स्थानीयको आरोप छ।

उक्त जग्गा मध्येको ४२ रोपनी जग्गा लामो समयदेखि स्थानीयले खुल्ला चौरको रूपमा प्रयोग गर्दै आएका थिए। तर त्यो जग्गा पनि व्यापारिक प्रयोजनका लागि दिएपछि स्थानीय जनता आन्दोलनमा उत्रिएका हुन्। रेडियो नेपालले एक बर्ष अघि नै प्रति महिना प्रति रोपनी ४१ हजार ५१ रुपैयाँका दरले ३० वर्षका लागि श्री कुबेरज्ञान हाउजिङ कम्पनी प्रालि.लाई भाडामा दिएको भएपनि उक्त कम्पनीले स्थानीयको विरोधका कारण सो जग्गा  प्रयोग गर्न सकेको छैन। स्थानीय बासिन्दाले उक्त जग्गा रेडियो नेपाल स्वयंले प्रयोग गर्नुपर्ने नभए त्यतिकै खुल्ला छोड्न माग गर्दै आएका छन्।

प्रकाशित: २८ श्रावण २०७५ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App