६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

एक्स ११६ पावर बजारमा

काठमाडौं– कलर्स मोबाइलले नयाँ मोडलको मोबाइल एक्स ११६ पावर बजारमा उपलब्ध गराएको छ।कम्पनीका अनुसार एक्स ११६ पावरमा ३००० एमएएच ब्याट्री जडान गरिएको छ। जुन दिनभर काम गर्न सक्षम छ। यो मोबाइल फोन अत्यन्त छिटो चार्ज हुने ब्याट्री भएको फोन हो। यसमा ४ इन्चको डब्लुभिजिए आइपिएस टच स्त्रि्कन, एन्ड्रोइड ४.४ ओएस किटक्याट, फ्ल्याससहितको ५.० मेगापिक्सल क्यामरा, दोहोरो सिम र ३२ जिबी क्षमतासम्म संग्रह गर्न मिल्ने बाह्य भण्डारण सुविधा छन्। यो मोडलको बजार मूल्य ९ हजार ८ सय ९५ रुपैंयाँ छ। कलर्स मोबाइललाई टेलिटकले सन् २००९ देखि बजारमा ल्याएको हो।

प्रकाशित: १२ चैत्र २०७१ २२:२८ बिहीबार