५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रविधि

रिमोट कन्ट्रोलका आविष्कारकको मृत्यु


सिकागो, जेठ १० (एजेन्सी)-टेलिभिजनको पहिलो तार रहित रिमोट कन्ट्रोलका आविष्कारक एउगेने पोल्लीको आइतबार राति सिकागो अस्पतालमा मृत्यु भएको छ। उनी ९६ वर्षका थिए।


पोली जीवनको अन्तिम समयसम्म पनि आफ्नो आविष्काराबाट निकै गौरवान्वित अनुभव गर्थे। उनले आफूलाई भेट्न आउनेहरूलाई आफूले कसरी रिमोट कन्ट्रोलको आविष्कार गरे भनेर देखाउने गर्थे। व्सनग इलेक्ट्रिनिक्सका प्रवक्ता जोन टेलरले बताए।

सिकागोका पोल्ली र उनका साथी जेनिथ इन्जिनियर रोबर्ट एडलरलाई सन् १९९७मा उनीहरूको योगदानका लागि सम्मान गरिएको थियो। सन् २००९मा उनलाई इन्स्टिच्युट अफ इलेक्ट्रनिक एन्ड इलेक्ट्रिकल इन्जिनियर्सले मासारु इबुका कज्युमर इलेक्ट्रनिक्स पुरस्कारबाट सम्मान गरेको थियो।

उनको अविस्कारले मानिसलाई सोफामै बसेर टेलिविजनका विभिन्न च्यानल विचरण गर्ने सुविधा प्रदान गरेको थियो।

 

प्रकाशित: १० जेष्ठ २०६९ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App