१८ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

नेपालमा पहिलो पटक टोटल बडी इराडियसन

काठमाडौँ – नेपालमा पहिलो पटक पुरै शरिरको रेडियोथेरापी गरिएको छ । प्राविधिक भाषामा टोटल बडी ईरेडियसन टिबीआई भनिने यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोन म्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिने चिकित्कसक बताउँछन् ।

निजामति कर्मचारी अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेका एक महिलालाई नालारोड ताथली स्थित काठमाडौँ क्यान्सर सेन्टरमा टोटल बडी ईरेडियसन गरिएको अस्पतालले जनाएको छ। क्यान्सर सेन्टरमा रहेको आधुनिक इलेक्टा सिनर्जी लिनियर एक्सिलिरेटर ९ीक्ष्ल्ब्ऋ० मा सो उपचार गरिएको थियो। 

यसरी पुरै शरिरको रेडियोथेरापी एकै पटक गर्न थालिएपछि अब बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने तयारीमा रक्त क्यान्सरका बिरामीहरूलाई अत्याधिक मात्रामा क्यान्सरका औषधि प्रयोग गर्न जरुरी नहुने निजामति अस्पतालका रक्त क्यान्सर विशेषज्ञ डा विशेष पौडेलले बताउँछन्। 

भक्तपुरको ताथलीमा स्थापित काठमाडौँ क्यान्सर सेन्टरले २ वर्षदेखि रेडियोथेरापी प्रविधिहरु प्रयोग गरेर क्यान्सरका बिरामीहरूको सेवा गरिरहेको छ। अब टोटल बडी ईरेडियसन गरेर लिम्फोमा, माईलोमा, अप्लास्टिक एनिमिया  र रक्तक्यान्सर बिरामीको बोन म्यारो ट्रान्स्प्लान्ट गर्न  निकै सहजता आएको क्यान्सर रोग विशेषज्ञ डा सुभाष पण्डितले बताए । 

टिबीआई प्राविधिक रुपमा साह्रै जटिल प्रक्रिया मानिन्छ। यो प्रक्रिया भारतको पनि केही  मात्र हुने गर्छ । चिकित्सक, भौतिकिविज्ञ र प्राविधिक सबै टोली सदस्यको दक्षताका कारण मात्र यो काठमाडौँ क्यान्सर सेन्टरमा गर्न सकिएको अस्पतालका रेडिएसन अंकोलोजिस्ट डा सिमित सापकोटाको भनाई छ ।

प्रकाशित: २० पुस २०७४ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App