२ असार २०८१ आइतबार
image/svg+xml

अस्ताइन् कमला भासिन

उनी निकट नारीवादी कार्यकर्ता कविता श्रीवास्तवका अनुसार भासिनले जीवनको अन्तिम अवस्थासम्म आफ्ना गीत र कवितालगायतका माध्यमबाट मानिसहरूलाई ऊर्जा दिइरहेको बताएकी थिइन्।

दुर्घटनामा परी मोटरसाईकल चालकको निधन

मध्यान्ह मदन भण्डारी लोकमार्गको चतारा–रामपुर खण्डमा पर्ने बेलका नगरपालिका ९ खारखोलामा बोलेरो जीपको ठकरबाट मोटरसाईकल चालक रामचन्द्र राईको निधन भएको हो।

आगोले जलेका खनाल दम्पतीको निधन

इलाम घर भइ झापामा बसोबास गर्ने दम्पतीको घरसँगै जलेर निधन भएको छ। इलाम नगरपालिका–५, बरबोटे घर भएपनि झापाको अर्जुनधारा बस्दैआएका ४५ वर्षे रोम खनाल र उनकी श्रीमती ४३ वर्षीया दुर्गाको गएराति उपचारक्रममा निधन भएको हो।

चट्याङ लागेर किशोरको निधन

मंगलबार साँझ उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाईते भएका थिए।

अस्ताए साहित्यकार आनन्ददेव भट्ट

त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरान, धनकुटा, चितवन र अंग्रेजी केन्द्रीय विभागमा गरी झन्डै ३५ वर्ष प्राध्यापन गरेका थिए । विसं. २०५० सालमा उनले सहप्राध्यापक पदबाट राजीनामा दिएर त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशकको जिम्मेवारी पाएका थिए । विगत चार वर्षदेखि अल्जाइमर रोगबाट पीडित उनी शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी थिए ।

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उदयपुरमा पहिरोले पुरिएर बालकको निधन

जिल्लाको कटारी नगरपालिका २ मिलनचोकका ७ वर्षीय कर्ण मगरको स्थानीय आप खहरे खोलाको पहिरोले पुरिएर ज्यान गएको हो।

अस्ताए जनगायक जेबी टुहुरे

बाबु कृष्णबहादुर र आमा दानदेवी खड्गीका जेठा छोरा टुहुरेले पञ्चायती व्यवस्थाका कठिन दिनमा पनि न्याय र समानताको पक्षमा गीत गाइरहे। उनले आफ्ना गीतमार्फत तत्कालीन भूमिगत कम्युनिस्ट राजनीतिलाई जनतामाझ पुर्‍याएका थिए। उनी सांस्कृतिक कार्यक्रममार्फत कम्युनिस्ट पार्टी निर्माणका लागि सक्रिय भएर लागेका थिए।

मोटरसाईकलको ठक्करबाट वृद्धको निधन

मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलका नगरपालिका ५ स्थित गलेनीमा प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको निधन भएकोे हो।

भीरबाट लडेर युवकको निधन

गएराति भीरबाट लडेर उदयपुरमा एक युवकको निधन भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ८ डिल्लीबरका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको पुँवारे भन्ज्याङ भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।

१२५ वर्षीय पुजारीको निधन

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ।

दुर्घटनामा वडा सदस्यको निधन

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मोटरसाइकल अनियन्त्रित भई रतुवा पुलनजिक सेतेभिरबाट खस्दा राईको टाउकामा गम्भीर चोट लागेको थियो।

कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो।

वीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको निधन भएको छ। प्रतिष्ठानका अनुसार निधन हुनेमा धरान र रामधुनी नगरपालिकाका वृद्ध हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्