२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

यु–१९ राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको लागि बैतडीको टिम घोषणा

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ। दिपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।

टोलीको उपकप्तानमा प्रदीप चन्द, विकेटकिपर सुनील चन्द, गजेन्द्र बोहरा, नरेन्द्र भट्ट, हिक्मत महरा, विरेन्द्र चन्द, आकाश चन्द, सुदिप कार्की, सन्तोष बिजले, सचीन भट्ट, दिपेश बोहरा, डम्बर तिरुवा र हरिश कार्की छनोट भएका छन्।

वैकल्पिक खेलाडीको रुपमा बुद्धिमान बिष्ट, दिपेन्द्र भण्डारी, कल्पेश चन्द र राजेन्द्र बोहरा छनोट भएका छन्। जिल्लाका क्लबहरूमा रहेका यु–१९ खेलाडीहरूलाई बोलाएर २ दिनसम्म देहिमाडौंमा छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको जिल्ला क्रिकेट संघले जनाएको छ।

कञ्चनपुरमा कात्तिक २४ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताको लागि टिम छनोट गरिएको हो। प्रदेश छनोटबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिनेछ। नेपाल क्रिकेट संघको आयोजनामा वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर ६ गते काठमाडौंमा सुरु हुनेछ।

प्रकाशित: २४ कार्तिक २०७९ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App