२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

बंगलादेशलाई हराउँदै पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो।  

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्‍यो।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ र मोहमद हरिसले ३१ रन बनाए। कप्तान बाबर आजमले २५ तथा शान मासुदले २४ रन बनाए। बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो। बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले।

आफिफ होसेनले अविजित २४ र सौम्य सरकारले २० रन बनाए। लिटोन दासले १० रन जोडे। पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए। शादब खानले २ विकेट लिए।

जितसँगै पाकिस्तानले समूह २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो। पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो। पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ। यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ। बंगलादेश र दक्षिण अफ्रीका प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित: २० कार्तिक २०७९ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App