१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भुटानविरुद्ध नेपाल ७-० ले विजयी

नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ।

ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन्। शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन्।

जितसँगै नेपाल दोस्रो स्थानमा रहेको छ। भुटानको यो लगातार दोस्रो हार हो। उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो। अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ।

प्रकाशित: १७ कार्तिक २०७९ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App