३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय खेलकुदमा महिला ह्याण्डबलः प्रतिस्पर्धात्मक जित निकाल्दै आर्मीलाई स्वर्ण

विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सशस्त्र प्रहरी सम्हालिन नसक्सदाको फाइदा आर्मी उठायो। खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गर्‍याे।

पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो। एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो। तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो।

महिला तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश नं १ लाई पराजित गर्दै कास्य पदक जित्यो। गण्डकीले २२–७ स्कोरमा पराजित गर्दै कास्य पदकमा चित्त बुझाएको छ।  

प्रकाशित: २९ आश्विन २०७९ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App