६ वैशाख २०८१ बिहीबार
खेल

पहिलो हाफमा नेपाललाई १-० काे अग्रता

दशरथ रगशालामा जारी छैठौं संस्करणको महिला च्याम्पियनसीपको उद्घाटन खेलको पहिलो हाफमा भुटानविरुद्ध नेपालले १–० को अग्रता लिएको छ।  

मंगलबार त्रिपुरेश्वरस्थित दशरंथ रगशालमा भएको खेलमा साबित्रा भण्डारी  साम्बाले १२औँ मिनेटमा गोल गरी नेपाललाई पहिलो हाफमा अग्रता दिलाइन्। 

अमिषा कार्कीले प्रहार गरेको बल भुटानी रक्षकबाट डिफेक्ट हुँदा बल सावित्राले भेटेकी थिइन् भुटानी गोलकिपर संगिता मंगर चिप्लिए पछि पाएको सुनौलो मौकालाई सावित्राले सदुपयोग गरेकी हुन्। 

भुटानकी कप्तान पेमा छोदेन छिरिङले खेलकाे ३५औं मिनेटमा बायाँ तर्फबाट गरेको क्रसलाई सुनिता राईले पोष्टको दिशा दिन नसक्दा भुटानले बराबरीको सुनौलो मौका खेर फाल्यो।

प्रकाशित: २१ भाद्र २०७९ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App