२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यू १७ साफ च्याम्पिनसिपका लागि नेपाली टोली घोषणा

श्रीलंकामा हुने साफ यू १७ साफ च्याम्पिनसिपका लागि नेपालले २४ सदस्यीय टोलीको घोषणा गरेको छ।

आइतबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ। नेपाललको यसै वर्ष एएफसी यू १७ एसिया कप छनोट पनि खेल्नेछ। ३० खेलाडीबाट श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका हुन्।

पहिलो चरणमा ६० खेलाडी छनोट गरेका उनले चौथो चरणमा अन्तिम नामावली टुंगाएका हुन्। भदौ २० देखि भदौ २९ गते सम्म हुने च्याम्पिनसिपमा नेपाल समूह ‘बी’ मा भारत र भुटानसँग रहेको छ। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोली  

गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम

प्रकाशित: १२ भाद्र २०७९ १३:२३ आइतबार

साफ यू १७ साफ च्याम्पिनसिप अखिल नेपाल फुटबल संघ