१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे। कार्यक्रममा उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिनेछ।

काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डँडेलधुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब चार हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन्।

प्रशिक्षार्थीलाई नेपाल केआइएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षासम्बन्धी तालिम दिनेछन्। फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइनेछ। राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरूले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिनेछन्। कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २३ असार २०७९ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App