१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

निमा र दीपक वर्ल्ड गेम्समा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय उसुका निमा घर्तीमगर र दीपक हमालले अमेरिकामा हुने वर्ल्ड गेम्स २०२२ मा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन्।

उक्त प्रतियोगिता जुलाई सातदेखि १७ सम्म बर्मिङ्घमको अलाबामामा हुँदै छ। यी दुवै खेलाडीलाई आयोजकले छनोट गरेको नेपाल उसु महासंघले जनाएको छ। उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्ववरीयताका आधारमा विश्व उसु महासंघ र वर्ल्ड गेम्स फेडरेसनले छनोट गरेको महासंघको भनाइ छ।

यद्यपि, महासंघले यी खेलाडीका लागि प्रशिक्षक भने तय गरेको छैन। निमा भारतमा सम्पन्न १२औं सागकी स्वर्ण विजेता पनि हुन्। दुवै थाउलोका खेलाडी हुन्। वर्ल्ड गेम्समा निमाले नानकुन नानदाउ अलराउन्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन्। निमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन्। 

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App