१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

असोज पहिलो साता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ। प्रतियोगितामा सिनियर तथा जुनियर महिला–पुरुषमा प्रतिस्पर्धा गराईनेछ।  

गतवर्ष आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता कोभिड–१९ले पछि धकेलिएको हो। विश्व तेक्वान्दो संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगिताको लागि आवश्यक तयारी पोखरामा सुरु गरिएको छ। प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ। यस अघि काठमाडौंमा दुई संस्करण प्रतियोगिता आयोजना गरिएको थियो।  

जुनियरमा महिला र पुरुष तर्फ १०/१० वटा तौल समूहमा प्रतिस्पर्धा गराईने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।सिनियर तर्फ महिला र पुरुषको ८/८ वटा तौल समूहमा प्रतिस्पर्धा गराईने छ। महिलाहरुको ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजी र ७३ केजी माथिको तौल समूहमा प्रतिस्ष्पर्धा हुने छ। पुरुष तर्फ ५४, ५८, ६३, ६८, ७४, ८०, ८७ र ८७ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए।  

प्रतियोगितामा २५ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताका मुल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङका अनुसार पाँच दिनदिने प्रतियोगितामा १ हजार ५ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ। प्रतियोगिताको लागि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संरक्षकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।  

प्रतियोगितामा १८ वर्ष माथिको उमेर समूहले प्रतिस्पर्धा गर्न पाउने छन्। १८ वर्षको उमेर समूहले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्न पाउने मुल आयोजक समितिका सदस्य सचिव गुरुङको भनाई थियो। प्रतियोगिताको लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पोखरामा कोभिड–१९ अघि कास्की जिल्ला तेक्वान्दो संघको सक्रियतामा अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा ७२ बाउट प्रतिस्पर्धा हुने छ। खेलाडीको संख्या अझै बढ्ने विश्वास संघले लिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App