१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडीलाई खोप, प्रशिक्षणमा सहज

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा खोप लगाउन लाईनमा बस्दै खेलाडीहरु । तस्बिर नागरिक

कोरोना विरुद्ध खोप लगाएपछि अब प्रशिक्षणमा सहज भएको खेलकर्मीले बताएका छन् । पोखरा रंगशालामा शुक्रबार खेलाडीले कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएका छन । खेलाडीले दोस्रो चरणमा खोप लगाएपछि खेलकुद गतिविधिमा केही सहज भएको उनीहरुको भनाई छ ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिरहँदा खेलाडीले खोप लगाएपछि प्रशिक्षणमा सहज हुने बताइएको छ । ‘खोप लगाएका खेलाडीहरुलाई अब प्रशिक्षण गराउन सहज हुनेछ,’ पोखरा महानगरपालिका खेलकुद विकास समितिमा सदस्य सचिव सुवास खड्काले भने, ‘यति नै पर्याप्त होईन् । छुट्न पुगेका खेलाडीलाई फेरी अनुकुल पारेर खोप लगाउने बातावरण बनाउने छौं ।’  

लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा संघले सिफारिस गरिएको खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका थिए । ४ सय ५० खेलाडीले खोप लगाएर दोस्रो डोजको पखाईमा बसेका खेलाडीले दोस्रो डोजको खोप लगाएपछि खेलकुद पुरानै गतिमा फर्किने अपेक्षा गरिएको छ ।  

४ सय ५० खेलाडीले खोप लगाएर दोस्रो डोजको पखाईमा बसेका खेलाडीले दोस्रो डोजको खोप लगाएपछि खेलकुद पुरानै गतिमा फर्किने अपेक्षा गरिएको छ ।  

गण्डकी प्रदेशको राजधानी पोखरामा यसैवर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदैं छ । आयोजनाको संघारमा रहँदा खेलाडीले खोपको अभावमा प्रशिक्षण लिने बातावरण बनेको थिएन् । राष्ट्रिय खेलकुद परिषदले समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । भदौ भित्र खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षण लगाउन सकिएमात्रै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न सकिने जिकिर खेलकुद संघले गर्दै आएका थिए ।  

‘खोप लगाउँदैमा स्वास्थ्यको मापदण्ड पालना नगरी हुदैन । स्वास्थ्य मापदण्ड पालना गराएर प्रशिक्षण गराउनुपर्छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘खोप लगाएपनि सर्तकता भने अपनाउनुपर्छ ।’ दुई डोज खोप लगाएपनि कोरोनाको संक्रमण हुन भएकोले खेलाडीलाई स्वास्थ्य मापदण्डभित्र राखेर प्रशिक्षण गराउनुपर्ने उनको भनाई थियो । ‘खोपले आत्मविश्वास बढाउँछ । तर स्वास्थ्य मापदण्डलाई ध्यान दिनुपर्छ,’ उनको भनाई थियो ।  

खेलाडीहरु बीच भेटघाट नहुने गरी प्रशिक्षण गराउन संघलाई निर्देश गरिएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव भीम पराजुलीले संघहरुलाई स्वास्थ्य मापदण्ड अपनाई खेलाडीलाई मास्क र सेनिटाईजरको प्रयोग गरेर प्रशिक्षण दिनुपर्ने स्पष्ट पारे । ‘स्वास्थ्यको मापदण्ड अपनाएर प्रशिक्षण दिने संघहरुसँगको छलफलबाट निर्णय गरिएको छ,’ उनले भने, ‘संघले आफनो खेलाडीलाई अन्य बाहेक अन्यत्र नजान निर्देश समेत गरिएको छ ।’  

प्रकाशित: २५ भाद्र २०७८ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App