७ वैशाख २०८१ शुक्रबार
खेल

इन्डियन प्रिमियर लिग: मुम्बईको तेस्रो जित

राजस्थान रोयल्समाथि बिहीबार सात विकेटको जित निकाल्दै जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ। दिल्लीमा बिहीबार सम्पन्न खेलमा प्लेयर अफ दी म्याच घोषित भएका क्विन्टन डी ककको अविजित ७० रनको सहयोगमा मुम्बईले तेस्रो जित निकालेको हो। 

राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको जितमा क्रुनाल पाड्याले ३९ रन बनाउँदा सूर्यकुमार यादवले १६ रन, कप्तान रोहित शर्माले १४ रन र केइरन पोलार्ड १६ रनमा अविजित रहे। 

राजस्थानका क्रिस मोरिसले दुई विकेट लिँदा मुस्ताफिजुर रहमानको नाममा एक विकेट रह्यो। यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रनको योगदान गरेका थिए।

 जस बट्लरले ४१ रन जोड्दा शिवम दुवेले ३५ रन बनाए। यशश्भी जैशवालले ३२ रनको योगदान दिए। मुम्बईका लागि राहुल चाहरले २ विकेट तथा ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले १÷१ विकेट लिए। 

प्रकाशित: १७ वैशाख २०७८ ०४:२३ शुक्रबार

इन्डियन प्रिमियर लिग