१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री

नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री प्रदान गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमबीच तीन जना खेलाडीलाई खेलसामग्री प्रदान गरिएको हो। 

दुई पारा खेलाडी अनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्डगार्ड प्रदान गरिएको थियो। नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका पूर्वसदस्य रञ्जन श्रेष्ठले दुई पारा खेलाडी र जुनियर राष्ट्रिय खेलाडी श्रृष्टि सुन्दासलाई कुँवरको तर्फबाट खेलसामग्री हस्तान्तरण गरेका थिए। 

विशाल आगामी जेठ २ गते जोर्डनमा आयोजना हुने पारा ओलम्पिक छनोट खेल र वैशाख ७ मा लेबनानमा हुने एसियन गेमका लागि तयारी गरिरहेका छन्।

प्रकाशित: ६ चैत्र २०७७ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App