१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

देवनारायण स्मृति भारोत्तोलनमा सहभागि हुने खेलाडी प्रशिक्षणमा व्यस्त

राजविराजमा हुने देवनारायण स्मृतिमा सहभागि हुने गण्डकी प्रदेशका भारोत्तोलनका खेलाडीहरु प्रशिक्षणमा व्यस्त । तस्बिर: धन बस्नेत/नागरिक

यही फागुन २९ गतेदेखि राजविराजमा हुने देवनारायण स्मृति भारोत्तोलन प्रतियोगितामा सहभागित हुने खेलाडी प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने आठजना खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् ।  

जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्नेछन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्नेछन् । सनिता लामा ६३ केजी, सरस्वती गुरुङ ७१ केजी , पदमा थापा ६५ केजी, विवेक खड्का ७२ केजी, खिमलाल गुरुङ ६२ केजी र धनबहादुर झाँक्री मगर भने ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला भारोत्तोलनका प्रशिक्षक बखतमान श्रेष्ठले जानकारी दिए ।  

खेलाडीहरु यही फागुन २७ गते राजविराज प्रस्थान गर्ने छन् । कोभिड पछिको यो पहिलो प्रतियोगिता समेत हो । प्रतियोगिताले खेलाडीलाई हौसलासँग नयाँ उर्जा थपिएको विश्वास प्रशिक्षक श्रेष्ठले बताए । चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् । लामो समयपछिको प्रतिस्पर्धाले खेलाडीमो छुट्टै उत्साह थपिएको छ । भारोत्तोलन प्रशिक्षण केन्द्रमा उनीहरुसँगै जापान ओलम्पिकमा सहभागि हुने नेपाललाई १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा स्वर्ण पदक दिलाएकी सन्जु चौधरी प्रशिक्षणमा व्यस्त छिन् । चौधरीसँगै ओलम्पिकमा सहभागि हुने कमला श्रेष्ठलाई प्रशिक्षक सन्जय महर्जन प्रशिक्षण गराउँदै आएका छन् । 

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App