१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

डी सिल्भाद्वारा मिलेमतो अस्वीकार

एकदिवसीय विश्वकप क्रिकेट २०११

श्रीलंकाका ब्याटिङ लिजेन्ड अरबिन्द डी सिल्भाले सन् २०११ को एकदिवसीय क्रिकेट विश्वकपको श्रीलंका र भारतबीचको फाइनल खेलमा मिलेमतो भएको भन्ने आरोपको खण्डन गरेका छन् ।  

केही दिनअघि श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकप फाइनलमा श्रीलंकाले खेलमिलेमतोमा उपाधि भारतलाई सुम्पिएको खुलासा गरेका थिए। खेलकुदमन्त्री अलुथागामगेले लगाएको आरोपको खण्डन गर्दै सिल्भाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी), भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) र श्रीलंका क्रिकेटलाई स्वतन्त्र छानबिनको माग गरेका हुन्।  

‘म तपाईंहरूलाई आज यो भन्दै छु, हामीले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल बेच्यांै,’ अलुथागामगेले भनेका थिए, ‘म खेलकुदमन्त्री हुँदा पनि यो घटना भयो।’

सन् २०१० देखि २०१५ सम्म खेलकुदमन्त्री रहेका अलुथागामगे आफूले यो कुरा खुलासा गर्न नचाहे पनि समयको मागसँगै खेलमिलेमतोबारे बोलेको बताएका थिए।  

मुम्बईस्थित वांखडे मैदानमा भएको खेलमा भारतले ६ विकेटले खेल जितेको थियो। सो फाइनल खेलदौरान मैदानमै कमेन्ट्री गरिरहेका अर्जुना रणतुंगाले पनि श्रीलंकाले खेल गुमाउनु शंकास्पद रहेको भन्दै छानबिनको माग गरेका थिए।

‘हामी सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा सधैं मिलेमतो थियो भन्ने झुटो आरोपको खण्डन गर्दै बस्न सक्दैनौं। यो निराधार आरोप हो र आरोपको बारेमा निष्पक्ष छानबिन हुन आवश्यक छ। म आइसिसी, बिसिसिआई र एसएलसीसँग छानबिनको माग गर्दछु।’

श्रीलंका क्रिकेटका प्रमुख छनोटकर्ता समेत रहेका सिल्भाले भने, ‘हामी सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा सधैं मिलेमतो थियो भन्ने झुटो आरोपको खण्डन गर्दै बस्न सक्दैनौं। यो निराधार आरोप हो र आरोपको बारेमा निष्पक्ष छानबिन हुन आवश्यक छ। म आइसिसी, बिसिसिआई र एसएलसीसँग छानबिनको माग गर्दछु।’

‘जसरी हामी कुनै प्रतियोगिता जितेपछि खुसीयाली मनाउँछौ, त्यसै गरी भारतका खेलाडीहरूले पनि विश्वकप जितेको खुसीयाली मनाएका थिए। अब बल भारत सरकारको पोल्टोमा परेको छ,’ सिल्भाले भने, के भारतले मिलेमतोमा विश्वकप जितेको हो ? हामीलाई यस्तो आरोपले सधंै दुखी बनाउँछ। निराधार आरोपका कारण खेलाडीका साथै छनोटकर्ता र सम्पूर्ण टोली व्यवस्थापनका साथै क्रिकेट बोर्ड सधैं दबाबमा पर्दछ। भारतले राम्रो खेल प्रदर्शन गर्दै विश्वकप उपाधि जितेको हो। कुनै टोलीको सफलतालाई होच्याउने काम नगरौं।’

सन् २०११ को विश्वकपमा श्रीलंकाको कप्तानी गरेका विकेटकिपर ब्याट्सम्यान कुमारा सांगाकारा र पूर्वकप्तान माहेला जयवद्र्धनेले पनि खेलमिलेमतोको आरोप निराधार भएको बताउँदै आएका छन्।  

सो विश्वकपमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले माहेलाको शतकमा भारतसामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। गौतम गम्भीरको ९७ र कप्तान महेन्द्रसिह धोनीको ९१ रन मद्दतमा भारतले ६ विकेटका साथ विश्वविजेता बनेको थियो ।

प्रकाशित: १० असार २०७७ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App