६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलचोकले खाता खोल्यो

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा पुलचोक स्पोर्ट्स क्बलले झम्सीखेल युथ क्लबलसँग १–१ गोलको बराबरी खेल्दै तालिकामा पहिलो अंक जोडेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा खाता खेल्दा पुलभोकले पाँचाैँ चरणको खेल खेल्दै थियो। पहिलो अंक जोडेसँगै पुलचोक लिगको ११औं स्थानमा उक्लिएको छ। ७३औं मिनेटमा आकाश रानाको गोलबाट लिएको अग्रता अन्तिम पाँच मिनेट जोगाउन नसक्दा पुलचोकले झम्सिखेल युथ क्लबसँग अंक बाँड्न बाध्य भएको हो। मध्यपुरसँग समान अंक भए पनि गोलअन्तरका आधारमा पुलचोकले एक स्थान सुधार गरेको हो। झम्सिखेल ५ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पुलचोकका आकाश रानाले गोल गर्दै अग्रता दिलाए पनि झम्सिखेलका मदन स्याङ्तानले ८५औं मिनेटमा बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका थिए। लिगअन्तर्गत आइतबारै सम्पन्न दिनको दोस्रो खेलमा नयाँ बस्तीले बाँसबारी युथ क्लबलाई १–० ले स्तब्ध बनायो। आइतबारको पराजयसँगै बाँसबारीले जारी लिगमा पहिलो पराजय भोगेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नयाँ बस्तीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जारी लिगमा तेस्रो जित दर्ता गर्न सफल भएको हो।

नयाँ बस्तीको जितमा साजन राईले गोल गरे। जितसँगै नयाँ बस्ती ५ खेलबाट ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको पराजित बाँसबारीले शीर्ष स्थानको सातदोबाटोसँग अंकदूरी घटाउने मौका गुमाएको छ। दोस्रो स्थानको बाँसबारीको ११ अंक छ। सातदोबाटो पाँच खेलबाट स्पष्ट जितसँगै १५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App