१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिलातर्फ नेपालको सुखद सुरुआत

पोखरा - नेपालका १८ जना खेलाडीको सहभागितासँगै पोखरामा सोमबारदेखि आइटिएफ (अन्तराष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ सुरु भएको छ। महिलातर्फ १३ र पुरुषतर्फ ५ वरीयता प्राप्त खेलाडी कोर्टमा उत्रिएका छन्।

सोमबार पहिलो दिन पुरुषतर्फ नेपालका संम्यक वज्राचार्य जर्मनीका पाउल अर्मिन अलब्रक्टसँग सोझो सेटमा पराजित भए। सम्यक ६–३, ६–१ को सेटमा पराजित भएका थिए। नेपालकै अर्का खेलाडी प्रसिद्ध मोक्तान भारतीय खेलाडी हिरक भोरसँग ६–०, ६–० को सेटमा पराजित भएका थिए। यसै गरी पुरुषतर्फकै खेलमा सिंगापुरका म्याथ्यु जोन स्टोन भारतीय खेलाडी आदित्यसँग पराजित भएका छन्।

जापानका सोगो सान्डाले नेपालका अकिजुवेन रावतलाई ६–१, ६–० सेटले पराजित गरे। भारतीय खेलाडी कृष्ण होडाले जापानीज खेलाडी ताकिमु वातान्वेलाई ६–१, ७–६(४)को सेटमा पराजित गरेका हुन्। जापानी खेलाडीले सातोरु नाकाजिमाले मलेसियन खेलाडी क्रिस्टियन आन्द्रे सेङसिउलाई ६–१, ६–३ को सेटमा पन्छाएका थिए। भारतीय खेलाडी प्रान्जल तिवारीले सर्बियाका मार्को जेभरेमोभिचलाई ५–७, ६–३, ६–३ को सेटमा पराजित गरेका थिए। केन्याली खेलाडी जायसन मागुरोले भारतीय खेलाडी कार्तिक प्रहारलाई ३–६, ६–३, ६–४ को सेटमा पराजित गरेका थिए।

महिलातर्फको प्रतिस्पर्धामा नेपालकी सर्वानी श्रेष्ठले जापानिज रेना तानाका ६–४, १–० को अवस्थामा रिटायर्ड भएपछि जित निकालिन्। अर्को खेलमा सलोनी तामाङले भारतकी आइलिना झालाई ६–२, ६–० को सेटमा पन्छाइन्। भारतीय खेलाडी गार्गी परवरले नेपालकी निमिषा ढकाललाई ६–१, ६–० को सेटमा पराजित गरिन्। नेपालकी प्रेरणा कोइरालाले भारतकी खुसेला मोदीलाई ६ –२, ७–५ को सेटमा पराजित गरेकी थिइन्

प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स, जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायतका देशका ८४ जना खेलाडीले सिंगल र डबल्सतर्फ प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले गरेका थिए।

प्रकाशित: २८ माघ २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App