६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुभाङ्गीलक्ष्मी र ईशाश्री उपाधिका लागि भिड्ने

काठमाडौं – सुभाङ्गीलक्ष्मी शाह र ईशाश्री शाह १७औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको छात्रा यु–१४ तर्पm उपाधिनजिक पुगेका छन्। शुक्रबार सम्पन्न सेमिफाइनलमा अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सुभाङ्गीले फाइनल पुगेकी हुन्। उनले उपाधिका लागि ईशासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। ईशाले भने आइशा डोलकर गुरुङलाई ६–०, ४–६, ६–३ को जित निकाल्दै सुभाङ्गीसंगको भेट पक्का गरेकी हुन्।

जयकर टेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको छात्रा यु–१२ तर्फ ईभा अधिकारी र सुनिरा थापाले फाइनल यात्रा तय गरेका छन्। ईभाले प्रशंसा मोक्तानलाई ६–२, ७–५ ले तथा सुनिराले जेनी खड्कालाई ३–६, ६–२, ६–३ ले पराजित गरे। यु–१० तर्फ प्राज्ना मानन्धर र समृद्धि महर्जन फाइनल प्रवेश गर्न सफल भए।

प्राज्नाले सैभी ढकाललाई ६–३, ४–६, १०–४ ले तथा समृद्धिले लाशा प्रजापतीलाई ६–२, ६–३ ले पराजित गरे। यु–९ तर्फ सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ४–२, ०–४, ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन्। कर्मिष्ठा नुगाले जु सिङोईलाई ४–०, ४–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा सिभालीसँगको भेट पक्का गरिन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको छात्र यु–१४ तर्फ आर्यन गिरि फाइनल प्रवेश गरेका छन्। गिरिले सौगात बिकलाई ६–४, ६–१ ले पराजित गरे। सो स्पर्धामा अकी जुवेन रावत सेमिफाइनल प्रवेश गरेका छन्। रावतले प्रनभ मानन्धरलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

यु–१० तर्फ बोरिस अधिकारी र निशाद जोशीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। बोरिशले श्रीजन भट्टराईलाई ६–३, ६–४ तथा निशादले दर्सिल श्रेष्ठलाई ६–३, ६–४ ले नै पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्। मिक्स जोडीतर्फ ईशाश्री शाह र चिराग तिमल्सिनाको जोडी तथा अकी जुवेन रावत र सुभाङ्गीलक्ष्मी शाहको जोडीले उपाधिका लागि प्रतिस्र्धा गर्ने नेपाल टेनिस संघले जनाएको छ।

ईशा र चिरागको जोडीले सक्षमविक्रम शाह र सुनिरा थापाको जोडीलाई ६–१, ६–२ तथा अकी र सुभाङ्गीको जोडीले सौगात बिक र श्रेया भट्टराईको जोडीलाई ६–१, ७–५ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। छात्र यु–१२ तर्फ सक्षमविक्रम शाह, राजवीर प्रधान, स्लोक कजेर खड्का र आयुश्मान एच घले तथा यु–९ मा प्रणव घिमिरे, अमत्र्या शर्मा, स्पर्श तिमल्सिना र शंख हाङ राई अन्तिम चारमा स्थान बनाउन सफल भए।

शुक्रबारको सेमिफाइनलमा अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सुभाङ्गीले फाइनल पुगेकी हुन्। ईशाश्रीले भने आइशा डोलकर गुरुङलाई ६–०, ४–६, ६–३ को जित निकाल्दै सुभाङ्गीसँगको भेट पक्का गरेकी हुन्।

प्रकाशित: ५ पुस २०७६ ०१:२८ शनिबार

उपाधि जुनियर_टेनिस