१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सावित्राको ह्याट्रिकमा नेपाल फाइनल प्रवेश

पोखरा– सावित्रा भण्डारीको हृयाट्रिकसँगै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ।  नेपालले माल्दिभ्सलाई भण्डारीको तीन गोलको मद्दतले पराजित गरेको हो। 

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफ मै २–० अग्रता लिएको थियो। दुवै गोल सावित्राले गरेकी थिइन्। जुन गोलले पूर्वकप्तान अनु लामाको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग समेत गरेको थियो। पूर्वकप्तान अनुको ३५ गोलको कीर्तिमान छ। 

खेल सुरु भएको १६ औं मिनेटमा अग्रता लिएको नेपालले २० औं मिनेटमा अर्को गोल थपेसँगै अग्रता दोब्बर बनाएको हो। 
१६ औं मिनेटमा अनिता बस्नेतको पासमा गोल गरेकी साबित्राले २० औं मिनेटमा दोस्रो गोल गरेकी हुन्।

पहिलो गोलसंगै साबित्राले कीर्गिस्तानमा सम्पन्न नाडेज्दा कपमा गोल गर्दै अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी थिइन्। खेलको इन्जुरी समयमा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो।

जसलाई सावित्राले सहजै गोलमा परिणत गरेकी थिइन्। जीतसंगै ६ अंक बनाएको नेपालले फाइनलको यात्रा तय गरेको छ।

अर्को खेल भारतसंग प्रतिस्पर्धा गर्ने छ। भारतले श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

तर राउण्ड लिग चरणमा भारत र नेपाल अझै एक खेल भिड्न बाँकी नै छ। उक्त खेलले लिगको विजेता र र उपविजेताको टुङ्गो लाग्नेछ। गोल्ड मेडलका लागि फेरी भारत र नेपाल नै भिड्नु पर्ने छ। 

प्रकाशित: १९ मंसिर २०७६ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App