२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अन्तिम १३ मिनेटमा नेपाल असफल

काठमाडौं – अन्तिम १३ मिनेट सम्हालिन नसक्दा नेपाल इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा इरानसँग ४–० ले पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा युएईसँग फराकिलो हार बेहोरेको नेपाल दोस्रो खेलमा आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।  बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन नसक्दा अन्तिम १३ मिनेटमा चार गोल सुम्पिएको हो।

पिएएस रंगशालामा शुक्रबार पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाली टोलीले दोस्रो हाफको अन्तिम १३ मिनेट सम्हालिन नसक्दा अंक गुमाउन पुगेको हो। पहिलो गोल खाएसँगै असन्तुलित बनेको नेपाली टोलीको फाइदा उठाउँदै इरानले त्यसपछि थप तीन गोल गर्दै जित सुनिश्चित गरेको थियो।

खेलको ७७औं मिनेटमा मोहमदमहदी अहमादीले गोल गर्दै घरेलु टोली इरानको खाता खोलेका थिए। ८५औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० मा पु¥याएका थिए। त्यसपछि पनि इरानको लयलाई नेपाली टोलीले रोक्न सकेन। लगातार आक्रमण गरेको इरानले ८६औं मिनेटमा तेस्रो गोल गर्दा ९०औं मिनेटमा एरिया बार्जेगरको गोलबाट ४–० को जित सुनिश्चित ग¥यो। जितसँगै समूह ‘डी’ को इरानले २ खेलमा ६ अंक जोडेको छ। इरान शीर्ष स्थानमा छ।  पुछारमा रहेको नेपाल अंकविहीन छ। लगातारको हारसँगै नेपाल तालिकामा अंकविहीन भएको छ।

छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ३–० को नतिजा सुम्पिएको थियो। शुक्रबार सुखद नतिजाका लागि मैदान उत्रिए पनि नेपाल पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु टोलीलाई अंक सुम्पिन बाध्य भएको हो। घरेलु टोली इरानले भने पहिलो खेलमा पाहुना टोली किर्गिस्तानलाई ३–० ले पराजित गर्दै छनोट खेलमा सुखद सुरुआत गरेको थियो।

कठिन प्रतिद्वन्द्वी मानिएको टोलीविरुद्ध नेपालले करिब ८० मिनेट सन्तुलित प्रदर्शन गरे पनि सुखद नतिजा निकाल्न असफल रह्यो। रेजिन सुब्बाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेल आइतबार किर्गिस्तानसँग खेल्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४६ राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरी छनोट खेल खेलाइरहेको छ। उज्बेकिस्तानमा हुने प्रतियोगिताका लागि प्रत्येक समूहका समूह विजेतासहित उत्कृष्ट ४ उपविजेताले स्थान बनाउनेछन्। कठिन प्रतिद्वन्द्वी मानिएको टोलीविरुद्ध नेपालले करिब ८० मिनेट सन्तुलित प्रदर्शन गरे पनि सुखद नतिजा निकाल्न असफल रह्यो।

 

 

प्रकाशित: २४ कार्तिक २०७६ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App