५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

मड्रिड – साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ।   शुक्रबारबाट सुरु भएको लिगको पहिलो खेलमा एथ्लेटिकोका लागि अन्तिम मिनेट बाँकी रहँदा अरिज अडुरिचले गोल गर्दै साबिक विजेतामाथि जित दिलाएका हुन्।  यससँगै नयाँ सिजनमा एथ्लेटिको बिलबाओले सुखद सुरुआत गरेको छ। 

वैकल्पिक खेलाडीको  रूपमा मैदान प्रवेश गरेका अडुरिचले एथ्लेटिकोका लागि गोल गर्दा जित सम्भव भएको हो।  अन्तिम मिनेटमा काउन्टरमा रहेको घरेलु टोलीका लागि मैदान प्रवेश गरेपछि अडुरिचले ला लिगामा सिजनको पहिलो गोल गर्न सफल भएका हुन्।  

एथ्लेटिकोेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज ३७औं मिनेटमा पिडांैलाको चोट भोग्दै मैदानबाट बाहिरिएपछि बार्सिलोनाका लय कमजोर देखिएको थियो।  ८८औं मिनेटमा मैदान प्रवेश गरेका ३८ वर्षीय भेट्रान स्ट्राइकरले निर्णायक गोल गर्दा बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो।  टोलीलाई सुखद सुरुआत दिलाएका अडुरिच यसै सिजनको अन्त्यमा संन्यास लिने मनस्थितिमा रहेका छन्।  

प्रतिस्पर्धात्मक खेलमा पाएका अवसर सदुपयोग गर्न नसक्नु बार्सिलोनाको कमजोरी रहेको बार्सिलोनाका रक्षक जेरार्ड पिकेले बताए।  ‘निकै प्रतिस्पर्धात्मक खेलमा हामीले उनीहरूलाई दबाबमा राखेका थियौं,’ रक्षक पिकेले भने, ‘हामीले पाएका अवसर सदुपयोग गर्न सकेनौं।  जसका कारण पहिलो खेलमा  नजिता सुम्पिनुप¥यो। ’
लिगको सुरुआतमा विलबाओसँग आमनेसामने भएको बार्सिलोना कप्तान लियोनल मेसीबिना मैदान उत्रिएको थियो।  प्री सिजनको खेलमा पिडांैलाको चोटले ग्रसित मेसी पहिलो खेलमा अनुपस्थित  थिए।  पहिलो खेल सुरु हुनुपूर्व फिलिप कौटिन्हो लोनमा जर्मन क्लब बायर्न म्युनिख जाने पक्का भएपछि कौन्टिन्हो पनि मैदान उत्रिएनन्।  कौन्टिन्हो बायर्न जाने पक्का भएको क्लबका निर्देशक गुइलेरोमो अमोरले बताएका थिए।  

चोटका कारण मैदान बाहिरिएका स्वारेजको अनुपस्थितिमा अर्को साता लियोनल मेसी मैदान उत्रिने सम्भावन रहेको छ।  हालै मात्र एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका एन्टोनियो ग्रिजम्यानको पनि जादु चल्न नसक्दा पहिलो खेलमा बार्सिलोना पराजित हुन पुगेको हो।  

अघिल्लो सिजन आठौं स्थानमा रहँदै सिजनको समापन गरेको बिलबाओले गत फेबु्रअरीमा सम्पन्न खेलमा गोलरहित बराबरी खेलेको थियो।  सोही मनोबलका कारण विलबाओले शुक्रबार घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दा साबिक विजेतामाथि जित निकाल्न सफल भएको हो।   निर्णयक गोल गरेका ३८ वर्षे अडुरिचले आफ्नो २० वर्षे करियरमा २ सयभन्दा बढी गोल गरेका छन्।  तर ला लिगामा भने उनको यो पहिलो गोल हो।  जुन सिजन सुरुआत गर्न निकै महŒवपूर्ण रह्यो।

‘कोही बेला फुटबल अनौठो बन्न पुग्छ,’ निर्णायक गोल गरेका अडुरिचले भने, ‘पाएको अवसर गुमाउनु मेरा लागि कुनै छुट थिएन र छैन।  सुरुआत अन्त्यबाट नै हुन्छ।  मलाई निर्णायक गोल गर्न अन्तिम मिनेटमा मैदान प्रवेश गराउनुभएको प्रशिक्षकप्रति आभारी छु र गोल गर्दा निकै खुसी पनि छु। ’

घरेलु टोलीविरुद्ध पहिलो हाफ उत्कृष्ट खेलेको बार्सिलोनाले सुरुआती राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो गाँसमा नै ढुङ्गा लागेको हो।  बार्सिलोनाले लिगको दोस्रो खेल २६ तारिखमा खेल्नेछ।  उसले  रियाल बेटिससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ भने विजयी एथ्लेटिको बिलबाओले गेटाफेको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।   निर्णयक गोल गरेका ३८ वर्षे अडुरिचले आफ्नो २० वर्षे करियरमा २ सयभन्दा बढी गोल गरेका छन्।  तर ला लिगामा भने उनको यो पहिलो गोल हो।  जुन सिजन सुरुआत गर्न निकै महŒवपूर्ण रह्यो।

 

प्रकाशित: १ भाद्र २०७६ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App