१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सदस्यसचिवको जापान भ्रमण रद्द

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुदको तयारीलाई तीव्र बनाउन वैदेशिक भ्रमण रद्द गरेका छन्।

राखेपका सदस्यसचिव सिलवालले १३औं सागको तयारी चुस्त बनाउने उद्देश्यले पूर्वनिर्धारित जापान भ्रमण रद्द गरेका हुन्। उनको जापानको हिरोसिमा र नागासाकीमा  करिब १५ दिने शान्तिसम्बन्धी कार्यक्रममा सहभागी हुने योजना थियो। यद्यपि, सिलवाल आफैंले जापान प्रस्थान गर्ने दिन शनिबार नै आफ्नो भ्रमणलाई स्थगित गरेका हुन्।

अमेरिकाले दोस्रो विश्वयुद्धताका सन् १९४५ मा हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर ध्वस्त बनाएको दिनमा जापानमा शान्ति कार्यक्रम हुँदै थियो। आगामी अगस्ट ६ र ७ मा सदस्यसचिव सिलवालले उक्त शान्तिसम्बन्धी सभामा नेपालको तर्पmबाट प्रमुख भएर सहभागी हुने कार्यक्रम थियो। तर, शनिबार सदस्यसचिव सिलवालले जापान भ्रमणको कार्यक्रम रद्द गरेको पुष्टि गरे।

सदस्यसचिव सिलवालले आफू खेलकुदभन्दा बाहिर कार्यक्रममा सहभागी हुन लागेको स्वीकार गर्दै त्यो कार्यक्रम राखेपको सदस्यसचिव हुनुभन्दा पहिलै निर्धारण भएको स्पष्ट पारे। ‘प्रधानमन्त्रीले नै त्यो शान्तिसम्बन्धी कार्यक्रममा भाग लिन मलाई निर्देशन दिनुभएको थियो,’ सदस्यसचिव सिलवालले भने, ‘तर, साग तयारीमा प्रभाव पर्ने हँुदा पछिल्ला समय मलाई पनि जान मन थिएन। तर पनि भ्रमण छोट्याउने प्रयासमा थिएँ। यद्यपि, आज (शनिबार) प्रधानमन्त्रीलाई नै जानकारी गराएर भ्रमण रद्द गरें।’

प्रकाशित: १९ श्रावण २०७६ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App