५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘शुक्रबार र सोमबार ला लिगाका खेल हुँदैनन्’

मड्रिड – दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले ला लिगाका खेल अनुमतिबिना शुक्रबार र सोमबार खेलाउन नमिल्ने बताएको छ। नयाँ सिजन २०१९÷२० का लागि ला लिगाले पहिलो तीन चरणको खेलतालिका सार्वजनिक गरिसकेको छ। उद्घाटन खेलमा च्याम्पियन बार्सिलोना र  एट्लेटिको बिलवाओबीच खेल हुँदा ला लिगामा नयाँ सिजनको औपचारिक सुरुआत हुनेछ। ला लिगा अगस्ट १६ शुक्रबारबाट  आयोजना हुँदै छ। तर आरएफइएफले सार्वजनिक तालिकालाई परिमार्जित गरेको छ।

‘स्पेनिस फुटबल समर्थक उक्त समयमा फुटबल खेल चाहँदैनन्,’ आरएफइएफले भनेको छ, ‘विशेष गरी समर्थकले सोमबार फुटबलको मज्जा लिन सक्दैनन्।’ आरएफइएफले फेरबदल गरेको तालिकाअनुसार एट्लेटिको बिलवाओ र बार्सिलोनाबीचको उद्घाटन खेल १७ अगस्टमा हुनेछ। फेरबदल गरेको तालिकाअनुसार ला–लिगका सबै खेल शनिबार र आइतबार हुनेछन्।

‘प्रसारणको अवैधानिक आचारसंहितालाई लिएर आरएफइएफले ला लिगा अफिसियल्सलाई दुविधा सिर्जना गरिरहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रसारणमा हामीले सम्बन्धित संस्थासँग सम्झौता गरिसकेका छौं। जुन ला लिगाको प्रमुख कमाइका रूपमा लिँदै आएका छौं,’ ला लिगाका अध्यक्ष ह्याभियर टेबासले भने, ‘तुक नभएको कानुनलाई लिएर गैरजिम्मेवारीपन देखाइरहनुभएको छ। यसले हाम्रो तालिकालाई परिवर्तन गर्न सक्दैन। यसले विवाद समाधान गर्नुको सट्टा सिर्जना मात्र गर्छ।’ बार्सिलोनाविरुद्ध जिरोनाको खेल घरेलु मैदानमा अनुमति नदिँदा यो विवाद उत्कर्षमा देखिएको हो।

 

प्रकाशित: १३ श्रावण २०७६ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App