३ मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले निर्माण भइरहेको मूलापानी क्रिकेट मैदानको शुक्रबार निरीक्षण गरेका छन्। नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिँदै आएका सदस्यसचिव सिलवालले शुक्रबार मुलपानी क्रिकेट मैदानको निरीक्षण गरेका हुन्। यसअघि सदस्यसचिव सिलवालले पोखरामा निर्माण भइरहेको पूर्वाधारको निरीक्षण गरेका थिए। मूलपानी भ्रमणका क्रममा सिलवालले गोकर्ण क्लब कोर्स र गोकर्णस्थित साइक्लिङको क्रसकन्ट्री तथा डाउन हिल स्पर्धा हुने स्थानको स्थल गत निरीक्षण गरेका थिए।  

वैद्य सम्मानित
काठमाडौं, साउन १०(नागरिक)– बूढानीलकण्ठ उमा कुङफु क्लब बाल विकास बोर्डिङ स्कुल र बूढानीलकण्ठ नगरपालिका वडा–५ ले उमा कुङफुका संस्थापक सुरेश वैद्यलाई शुक्रबार सम्मान गरेको छ।

१७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई सातौं डान प्राप्त गर्न सफल भएकोमा सम्मान गरिएको हो। वैद्यले गत जुन २६ तारिखमा लन्डनको ओर्चेस्टरमा सम्पन्न उमा ब्रिटिस च्याम्पियनसिपका दौरान वल्र्ड युनाइटेड मार्सल आर्ट एसोसिएन (उमा) ले सातौं डान प्रदान गरेको थियो। वैद्य उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्।

वैद्यले बेलायत र अन्य देशमा हुने विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन्। सोही अवसरमा दोस्रो एसियाली अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता अयुब घिमिरे र सञ्जयराज पुटुवार तथा एक स्वर्ण जितेका सियाङ तामाङलाई पनि सम्मान क्लबले सम्मान गरिएको थियो। उनीहरूले जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको टिम थाउलोमा पनि रजत जितेका थिए।

प्रकाशित: ११ श्रावण २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App