११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

कुस्ती संघको निर्वाचनमा राखेपको अवरोध

काठमाडौं – साधारण सभालाई स्विकृती प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अवरोध सिर्जना गरेको आरोप नेपाल कुस्ती संघले लगाएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले राखेपको  अवरोधका कारण असार ७ (शनिबार) गतेका लागि तय भएको साधारणसभा अन्यौलमा परेको जनाएको हो। पछिल्लो पटक २०७२ साल जेठको २५ गते निर्वाचन भएको संघको चार बर्षे कार्यकाल ०७६ साल जेठ २४ गते सकिसकेको छ।

सोहीअनुसार राखेपसँग पत्राचार गर्दै संघले असार ७ गते नयाँ निर्वाचनको मिति तय गरेको थियो। अन्तिम समयमा राखेप सदस्यसचिव केशवकुमार बिष्टले साधारणसभाका लागि स्विकृति प्रदान नगरेको भन्दै संघले निर्वाचनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेको थियो।

‘राखेप र संघबीच आपसी सहमति र वार्ताबाट साधारण सभाको नयाँ मिति तय गरेको थियौं,’ संघका अध्यक्ष नारायणदेव राणाले भने, ‘राखेपबाट टिप्पणीसमेत सदर भएको अवस्था छ। तर अन्तिम समयमा सदस्यसचिवले स्विकृत दिन मान्नु भएन।’ राखेपको स्विकृति विना नै साधारणसभा गर्ने वा नगर्ने भन्ने बिषयमा संघले छिट्टै निर्णय गर्ने जानकारी दिएको छ।  
 

प्रकाशित: ६ असार २०७६ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App