१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

लाहोर – क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलीसहित मोहम्मद अमिर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन्।

गत आइतबार अमेरिकामा क्यान्सरको उपचारका क्रममा छोरी नुर फातिमालाई गुमाएका आसिफसहित अमिर र रियाजलाई विश्वकपको टोलीमा बोलाइएको प्रमुख छनोटकर्ता इन्जमाम उल हकले सोमबार बताएका हुन्। ‘दुःखको समयमा हामी उनको साथमा छौं,’ छनोटकर्ता उल हकले भने, ‘उनी पाकिस्तानी टोलीमा फर्किन सफल भएका छन्। उनी मैत्रीपूर्ण खेलअगावै टोलीमा समावेश हुन सक्छन्।

यसअघि खराब फर्मबाट गुज्रिएपछि अमिरले पाकिस्तानको सुरुआती टोलीमा स्थान बनाएका थिए। इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा नभए पनि अमिरले विश्वकप खेल्ने अवसर पाएका छन्। उक्त पाँच खेलको शृंखलामा पाकिस्तानले ४–० को हार बेहोरिसकेको छ। पहिलो खेल भने वर्षाका कारण हुन सकेको थिएन। पाकिस्तानका छनोटकर्ताले पछिल्ला शृंखलामा निकै खराब प्रदर्शन भएपछि तीव्र गतिका बलरलाई रियाजलाई बोलाएका हुन्।

पाकिस्तानका बलरले खराब प्रदर्शन गर्दा इङ्ल्यान्डले चार खेलमै ३ सय ५० रनभन्दा माथिको योगफल बनाएको थियो। प्रमुख छनोटकर्ता उल हकले अनुभवी भएका कारण रियाजलाई अवसर दिएको बताएका छन्। ‘इङ्ल्यान्डविरुद्धको खेलमा हामीले अनुभवी बलर कमीको महसुस ग¥यौं,’ उल हकले भने, ‘त्यसैले पनि रियाजलाई टोलीमा फर्काउने निर्णय गरेका हौं।’

३३ वर्षे रियाजले दुई विश्वकप खेलिसकेका छन्। रियाजले सन् २०११ र २०१५ को विश्वकपमा खेलेका थिए। उनले दुई वर्षअघि पनि इङ्ल्यान्डमा भएको च्याम्पियन्स  ट्रफीमा खेलेका थिए। असिफ, अमिर र रियाजले टोलीमा स्थान बनाउँदा तीव्र गतिका बलर जुनैद खान, अलराउन्डर फहिम असरफ र ओपनर अविद अली बाहिरिएका छन्।

यी तीनैले विश्वकपको सुरुआती टोलीमा स्थान बनाए पनि अन्तिम टोलीका लागि भने आफूलाई साबित गर्न सकेनन्। जुनैदले तेस्रो पटक विश्वकप खेल्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। यसअघि सन् २०११ को विश्वकपमा टोलीमा रहेर पनि उनले खेल्ने अवसर नै पाएका थिएनन्। सन् २०१५ मा पनि विश्वकपमा स्थान बनाएका जुनैद चोटका कारण नखेली बाहिरिएका थिए।

यसअघि चोटमा रहेका लेग स्पिनर साडव खानले पनि टोलीमा स्थान बनाउने पक्का भएको छ। यससँगै पाकिस्तानको १५ सदस्यीय टोलीमा सर्पmराज अहमेद (कप्तान), फकर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हाफिज, असिफ अली, इमाद वासिम, साडव खान, मोहम्मद अमिर, मोहम्मद हासनैन, हसन अली, वाहब रियाज र साहिन साह अफ्रिदी छन्।
 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App