काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका तर्फबाट खेल्ने भएका छन्।
राती ८ः१५ बजे सुरु हुने खेलमा सन्दीपले अवसर पाएका हुन्। खेलमा टस जितेर दिल्लीले बलिङ रोजेको छ। पञ्जाबले पहिला ब्याटिङ गर्नेछ।
दिल्लीले सन्दीपलाई पछिल्ला खेलमा बेन्चमा राखेकाे थियाे।
प्रकाशित: ७ वैशाख २०७६ १४:२५ शनिबार