१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फराकिलो अन्तरमा श्रीलंका पराजित

सेन्चुरियन - दक्षिण अफ्रिका भ्रमणमा रहेको श्रीलंकन टोली दोस्रो एकदिवसीय क्रिकेटमा फराकिलो अन्तरले पराजित भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले भ्रमणकारी श्रीलंकालाई १ सय १३ रनले हराएको हो । 

सुपर स्पोर्ट पार्क, सेन्चुरियनमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिकाले ४५.१ ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो।जबाफी ब्याटिङ गरेको श्रीलंकाका लागि ओसाडा फर्नान्डोले सर्वाधिक ३१ रन जोड्दा कुशल मेन्डिसले २४ रनको योगदान गरे । यस्तै थिसरा परेरा २३ रनमा इमरान ताहिरको बलमा डेभिड मिलबरबाट क्याच  हुँदा धनञ्जय डी सिल्भा १७ रनमा पवेलियन फर्किए। श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका कागिसो राबाडाले सर्वाधिक ३ विकेट लिए । यस्तै लुंगी ङिदी, एन्रिच नोत्र्जे र इमरान ताहिरले समान २/२ विकेट हात पारे । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ९४ रनको योगदान गरेका थिए । यस्तै कप्तान फाप डु प्लेसिसले ५७ रन बनाउँदा रिजा हेनड्रिक्स २९ रनमा लासिथ मालिङ्गाको बलमा क्याच भए । बलिङतर्फ श्रीलंकाका थिसरा परेराले सर्वाधिक ३ विकेट हात पार्दा धनञ्जय डी सिल्भा र लाथिस मालिंगाले समान २/२ विकेट लिए । 

यस जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय सिरिजमा २–० को अग्रता बनाएको छ । यसअघि जोहानेसबर्गमा भएको पहिलो एकदिवसीय खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले ८ विकेटको सानदार जित निकाल्न सफल भएको थियो । पाँच खेलको शृंखलामा घरेलु टोली दक्षिण अफ्रिकाले आइतबार भ्रमणकारी श्रीलंकासँग आइतबार तेस्रो एकदिवसीय खेल खेल्नेछ । 

प्रकाशित: २४ फाल्गुन २०७५ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App