१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिला साफ फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा

विराटनगर - पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। दक्षिण एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे आयोजकले जानकारी दिएकाे छ। 

विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ। स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कज विक्रम नेम्वाङले बताए। साफ महिला फुटबलकालागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश नं १ ले रु ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताए।

"आगामी दिनमा काठमाडौँ बाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना छ”, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने। खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कूल र सुनसरीको दुहबी नगरपालिकाले मैदान उपलब्ध गराएको छ। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘वी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन्। प्रतियोगिता सम्पन्न गर्न करीब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।रासस 

प्रकाशित: १३ फाल्गुन २०७५ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App