३ माघ २०८१ बिहीबार
image/svg+xml
खेल

जितबाट भगवती देस्रो चरणमा

काठमाडौं – भक्तपुरे टोली मध्यपुर युथ एसोसिएनलाई ३–१ ले हराएको श्री भगवती युथ क्लब आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो चरणमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ। 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा जित निकालेको भगवती  समूह ‘बी’ को उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। यसअघि टुसाल युथ क्लब र समूह ‘ए’ बाट रानीपोखरी कर्नर टिम (आरसिटी) दोस्रो प्रवेश गरेका थिए। 

भक्तपुरे टोली मध्यपुरलाई पराजित गर्न श्री भगवतीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो। सातौं मिनेटमा दर्शन गुरुङको गोलबाट सुरुआती अग्रता लिएको भगवतीले ६२औं मिनेटमा अनिल रानामगरको गोलबाट अग्रता दोब्बर पारेको थियो। त्यसको तीन मिनेटपछि मध्यपुरका सुवर्णविक्रम कार्कीले गोल गर्दै अग्रता छोट्याएका थिए। निकै चलाखीपूर्ण खेल प्रदर्शन गरेको भगवतीले इन्जुरी समयमा दर्शनको गोलबाट अग्रता लम्ब्याउँदै दोस्रो चरणको यात्रा निश्चित ग¥यो। 

लिगका पाँच खेलमा अपराजित रहँदै यसअघि नै समूह ‘बी’ बाट टुसाल युथ क्लब दोस्रो चरण प्रवेश गरेको थियो। समूह ‘बी’ को तालिकामा टुसालको ११ अंक छ भने उपविजेता बनेको भगवतीको समान ५ खेलबाट १० अंक  छ। 

लिगअन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा ब्वाइज युनियनका लागि प्रदिप बोगटीले गोल गर्दै श्री कुमारी क्लबलाई १–० ले हराए पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन। ५ खेलबाट ५ अंक बनाएको ब्वाइज युनियन समूह ‘ए’ मा तालिकाको पाँचांै स्थानमा रहँदै लिगको समापन गर्दा समान ५ खेल खेलिसकेको रानीपोखरी कर्नर टिम (आरसिटी) दोस्रो चरणमा प्रवेश गरेको छ। झम्सीखेलसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदै आरसिटी दोस्रो चरण प्रवेश गरेको हो। यद्यपि अघिल्लो चरण प्रवेशका लागि झम्सीखेललाई सोमबार हुने खेलको नतिजा निर्णायक बन्नेछ। सोमबार हुने अन्तिम लिग खेलमा सातदोबाटोले नयाँ बस्तीलाई हराए झम्सीखेलको यात्रा समाप्त हुनेछ भने पराजित या बराबरी खेले झम्सीखेलको दोस्रो चरणको ढोका खुल्नेछ। 

लिगअन्तर्गत शुक्रबार हुने अर्को खेलमा समूह ‘बी’ मा रहेका टोलीद्वय खुमलटार र बाँसबारी आमनेसामने हुनेछन्। समूहको पुछारमा रहेका यी दुई टोलीको भिडन्त प्रतिष्ठाका लागि मात्र हुनेछ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App