१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उद्घाटन खेल सडन डेथमा पनि बराबरी

उद्घाटन खेलमा सिएमजि संकटा ९नीलो०  र मेची नेत्रालय केएफटिसी झापाका खेलाडीहरू। तस्बिर : रोहित/ नागरिक

धरान - २१ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उद्घाटन खेल बराबरीमा रोकिएको छ। धरान १६ स्थित रंगशालामा आइतबार सिएमजी संकटा क्लब, काठमाडौं र मेची नेत्रालय केएफटिसी झापाबीच भएको उद्घाटन खेल निर्णय हुन नसकी बराबरीमा रोकिएको हो। निर्धारित समयको खेल दुवै टिमबाट बराबरी २–२ गोलमा सकिएको थियो। समय अभावमा सीधै टाइब्रेकर भए पनि बराबरी ४–४ गोल भयो। त्यसपछि सडन डेथमा पनि दुवै टोलीबाट ६-६ खेलाडीले पेनाल्टी प्रहार गरे पनि जित निकाल्न सकेनन्। त्यसपछि पर्याप्त प्रकाश९लाइट०को अभावमा पेनाल्टी  प्रभावित हुन पुग्यो।

अन्ततः आयोजक धरान फुटबल क्लबले दुवै टोलीसँग सल्लाह गरेर सोमबार बिहान ८ बजे पुनः टाइब्रेकर गर्ने सहमतिमा खेल स्थगित गरेको घोषणा गरेको थियो। ‘खेल बराबरी भएपछि पनि ११ पेनाल्टीमा पनि निर्णायक गोल भएन, लाइटको पनि अभाव भएकाले सोमबार बिहान पुनः टाइब्रेकर गर्ने सहमतिमा खेल रोक्याैँ,’ क्लबका अध्यक्ष किशोर राईले भने। बुढासुब्बा गोल्डकपको इतिहासमा निर्णयविहीन अवस्थामा खेल रोकिएको यो पहिलो घटना हो। अघिल्लो दिन ९शनिबार० पनि बुढासुब्बा गोल्डकपलाई मौसमले साथ नदिएपछि उद्घाटन आइतबार सारिएको थियो।

निर्धारित समयको खेलमा भने पहिलो हाफमा केएफटिसीले अग्रता लिएको थियो। खेलको १०औं मिनेटमा ३० यार्डको दूरीबाट कर्ण लिम्बुको फ्रिकिक प्रहार सीधै गोलमा परिणत भएको थियो। उनको प्रहार दोस्रो बारको कुनामा ठोक्किँदै जाली चुमेको थियो। खेलको ६०आंै मिनेटमा संकटाका जय गुरुङले गोल गर्दै खेल बराबरी बनाए। सेड्रिक अबाको पासमा उनले गोल गरेका थिए। दोस्रो हाफको ६८औं मिनेटमा कर्ण लिम्बुको कर्नर प्रहारमा पूजन उपरकोटीले हेडमार्फत गोल गर्दै पुनः केएफटिसीलाई अग्रता दिलाए। तर, ४ मिनेट थप भएको इन्जुरी समयमा सम्हालिन नसक्दा केएफटिसीले जितबाट वञ्चित हुनुपर्‍यो। इन्जुरी समयमा लक्ष्मण रुचालको फ्रि किक प्रहारमा फ्लिक हेडमार्फत दीपेश आले मगरले गोल गर्दै संकटालाई हारबाट जोगाएका थिए।

निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पनि बराबरी भएको थियो। टाइब्रेकरमा संकटाका सेड्रिक अबा, दीपेश आलेमगर, रोमन लिम्बु र लक्ष्मण रुचालले गोल गरे पनि अमित तामाङको प्रहार बारमा ठोकिएर बाहिरिएको थियो। केएफटिसीका योगेश गुरुङ, दिलेन लोक्ताम, आशिष चापागाईं र सुशील राईले गोल गरे पनि विकास राईको प्रहार संकटाका गोलकिपर रवि सिलवालले समाते। टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ प्रहारमा पनि निर्णायक गोल हुन सकेन। 

सडन डेथमा संकटाका रवि सिलवाल, इरस्नेट टेम्प, विष्णु गुरुङ, सुवास गुरुङ, राजाबाबु थापा९गोलकिपर०ले गोल गरे भने जय गुरुङ चुके। केएफटिसीका पूजन उपरकोटी, निरज बस्नेत, अशोक खवास, किशोर गिरी ९गोलकिपर०, दिवस उराव र खमिर जिल्सन कन्दङ्वाले गोल गर्दा अशोक खवास गोल गर्न असफल भएका थिए। निर्णयविहीन खेलको टाइब्रेकर सोमबार बिहान पुनः ८ बजे रंगशालामा आयोजना हुनेछ। यस्तै, सोमबार दिउँसो नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच दोस्रो प्रतियोगिता पनि हुनेछ। फागुन ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन आइतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए। उनले अधुरो धरान रंगशालालाई गुरुयोजना अनुसार पूरा गर्न परिषद्ले आगामी वर्ष धेरै बजेट विनियोजन गर्ने बताए। 

 

प्रकाशित: २८ माघ २०७५ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App